कृषि ज्ञान केन्द्र कञ्चनपुर अख्तियारको फन्दामा

कृषि ज्ञान केन्द्र कञ्चनपुर अख्तियारको फन्दामा

कंचनपुर, असार १५ 
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कञ्चनपुर कागजात आफ्नो नियन्त्रणमा लिएको छ। कृषकहरुका लागि आएको  अनुदान वितरणमा अनियमितता भएको उजुरीपछि अख्तियार कञ्चनपुरको टोलीले ज्ञान केन्द्रका कागजात नियन्त्रणमा लिएको हो।

१७ औँ राष्ट्रिय धान दिवसकै दिन कृषि कार्यालय कञ्चनपुरका फाईल अख्तियारले नियन्त्रणमा लिएको हो । अनुदान वितरणमा अनियमितता भएको भन्दै कृषि ज्ञान केन्द्र बिरुद्ध अख्तियारमा उजुरी परेको थियो । अख्तियारले कृषि ज्ञान केन्द्र कार्यालयका विभिन्न कागजात नियन्त्रणमा लिएको निमित्त कार्यालय प्रमुख प्रकास पाण्डेयले बताए । उनका अनुसार अनुदानमा   अनियमितता भएको भन्दै उजुरी परेको थियो ।
उजुरीका आधारमा छानबिनका लागि आवश्यक कागजपत्र नियन्त्रणमा लिएको निमित्त अख्तियार  प्रमुख पाण्डेयले बताए । उजुरी परिसके पछि  अख्तियारले कृषि ज्ञान केन्द्रको  कार्यालयमा छापा मारेर कगजात नियन्त्रणमा लिएको थियो ।