विदेश जान चाहनेलाई खुल्ला

विदेश जान चाहनेलाई खुल्ला

सरकारले श्रम स्वीकृत सूचारु गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले बिदामा स्वदेश फर्केका, भिसा अवधि र करार अवधि बाँकी भएकाहरुलाई श्रम स्वीकृति दिने निर्णय गरेको हो।

त्यसका लागि पीसीआर परीक्षण र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेपछि मात्रै श्रम स्वीकृति दिइने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।