धनगढीका अधिकासं सरकारी कार्यालयहरुमा भिडभाड बढ्यो, कोरोना संक्रमणको उच्च जोखिम

धनगढीका अधिकासं सरकारी कार्यालयहरुमा भिडभाड बढ्यो, कोरोना संक्रमणको उच्च जोखिम

धनगढी : लामो समयदेखीको लकडाउनका कारण सेवाग्राही मर्कामा परेको भन्दै सरकारले बन्द भएका सरकारी कार्यालयहरु पुनः खोल्न निर्देशन दिएपछि सबै सरकारी कार्यालयहरु खुल्न थालेका छन ।

सामाजिक दुरी कायम गरी सुरक्षाका उपाय अपनाउँदै सेवा प्रवाह गर्न भनिए पनि धनगढीमा रहेका अधिकांस सरकारी कार्यालयमा भने सरकारी निर्देशनको ठिक विपरीत भएको देखिन्छ ।

यसै मध्यको एक प्रतिनीधी उदाहरणका रुपमा यातयात व्यवस्था कार्यालय धनगढीलाई लिन सकिन्छ । यातयात व्यवस्था कार्यालयमा सर्वसाधारणहरु विभिन्न् कामका लागि दिनदिनै धाउने गर्छन ।  

उसो त यातयात कार्यालय धनगढीमा भिडभाड नहुने भने होईत तर कोरोना माहामारीका वेला पनि सामाजिक दुरी कायम नगर्दा संक्रमणको अत्यन्तै जोखिम बढेको छ । कोचाकोच गरी पंतीबद्ध रुपमा उभिएका सेवाग्राही भने संक्रमणको जोखिमका बाबजुद पनि लाईनमा बस्न बाध्य छन ।

तर यातयात व्यवस्था कार्यालयले भने सेवाग्राहीको समस्यालाई वेवास्ता गर्दै कार्य सञ्चालन गर्दै आईरहेको छ । यातयात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले भने आफनो तर्फबाट हुन सक्नेजति व्यवस्थापन गरेको दावी गरेका छन ।  

मालपोत कार्यालय पनि उच्च भिडभाड हुने कार्यालयमा पर्दछ । दैनिक सयौँको संख्यामा सेवाग्राही मालपोत धाउने गर्दछन । मालपोत कार्यालयमा सेवा प्रवाहमा ढिलाई हुँदा पनि एउटै कामका लागि दिनदिनै धाउनुपर्ने बाध्यता रहेको छ ।

बर्षभरी नै देखिने मालपोत कार्यालयको भिडभाड अन्य समय भन्दा अलि फरक जोखिमयुक्त छ । मालपोत कार्यालय कैलालीका मालपोत अधिकृत हरीप्रशाद केसीले मालपोतमा भिडभाड नियन्त्रण गर्न नसकिएको बताउँदै पछिल्लो केही दिन यता झनै सेवाग्रहाहीको चाप बढेको जानकारी दिए ।  

विद्युत कार्यालय धनगढीको कार्यालय परीसरको अवस्था पनि यस्तै देखिन्छ । विद्युत कार्यालयमा पनि सेवाग्राहीको अत्याधिक चाप त छँदै छ त्यसमा पनि सामाजिक दुरी कायम नगर्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।

यसरी सेवागा्रहीको चाप बढ्दै जाँदा पनि कार्यालयले भने व्यवस्थापनका लागि कुनै चासो नदेखाएको गुनासो बढ्न थालेको छ । विद्युत कार्यालय धनगढीका प्रमुख सुरेन्द« चौधरीले भने सेवाग्राही सचेत नबन्दा व्यवस्थापनमा चुनौती थपिएको बताए । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले भने बढी भिडभाड र जोखिम युक्त क्षेत्रहरुमा आवश्यकताका आधारमा सुरक्षाकर्मी परीचालन गरीरहेको बताए । दैनिक रुपमा नभएपनि सेवाग्राहीको अत्याधिक चाप बढेको समय र क्षेत्रमा निगरानी गर्दै आएको उनको भनाई छ । 

हेर्दा सुकिला र चिटिक्क परेका सरकारी कार्यालयहरुमा सेवाग्राहीले भने निकै सास्ती भोग्नु परेको छ । कार्यालय परीसरमा हुने सेवाग्राहीको अव्यवस्थित भिडभाडले सरकारी कार्यालयहरु नै संक्रमणका दृष्टिकोणले असुरक्षित बन्न थालेका छन ।