‘सरकारसगै प्रतिपक्षले पनि राम्रो भूमिका निर्वाह गर्न सकेन’

‘सरकारसगै प्रतिपक्षले पनि राम्रो भूमिका निर्वाह गर्न सकेन’

धनगढी : नेपाली काग्रेसका युवा नेता गगन थापाले सरकारसगै आफनै पार्टीको आलोचना गरेका छन । 

बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै वर्तमान केपी ओली नेतृत्वको आलोचना गरेका थापाले आफ्नै दल काग्रेसले पनि सशक्त रुपमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गर्नुभएको छ । 

विहिवार विहान प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले भने, ‘न सरकारले राम्रो काम ग¥यो, न त प्रतिपक्षले सरकारलाई राम्रो गर्नका लागि खवरदारी गर्नसक्यो ।’
‘सरकारले यो गरेर त्यो गरेन भन्दा पनि काग्रेसले सशक्त भुमिका खेल्नसक्नुपथ्र्यो ।’ उहाँले भने, ‘त्यसमा हामी चुकेकै हौ । अव सुधारनुपर्छ ।’

उहाँले पार्टी व्यवस्थापनको अभावमा अस्तव्यस्त भएको भन्दै अव बस्ने महासमिति बैठकले पार्टी भित्र रहेका व्यतिथिलाई हटाउने दावी समेत गर्नुभयो ।

उहाँले ‘महासमिति बैठकपछि पार्टीमा रहेका व्यतिथि हट्छन । पार्टीमै नयाँ तरङग ल्याउने बताउनुभयो।’उहाँले महासमिति बैठकपछि पार्टीको अधिवेशनका लागि प्रक्रिया सुरु गर्नुपर्नेमा समेत जोड दिनुभयो । 

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा पनि सरकारले प्रभावकारी रुपमा अनुसन्धन नगरेको र काग्रेसले पनि उक्त मुद्धालाई उठाउन नसकेको थापाको भनाई थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विकाश गर्न चाहिरहेको भएपनि मेसो पाउन नसक्दा सरकार अल्झिरहेको थापाले बताउनुभयो ।