तिमिलाइ के थाहा.....

तिमिलाइ के थाहा.....

यो प्रकृतिको काखमा 
लुडबुडिडै ती छहरा बिच रमाउदै
आफ्ना सारा ती एकान्तमा पोल्ने पिडाहरु अनि 
त्यो असारे झरिको भेलसङ्गै बगाउदै
मनलाई हरेक क्षण त्यो तडप बिचको सितलता दिदै
आफ्ना हरेक गल्तीबाट 
एक नयाँ आशाको उमङ्ग पलाउदै
जिउनुको अर्थ तिमि अल्पआयुमै ज्यान त्याग्नेलाइ के थाहा ।

त्यो हरेक साझ डुबिरहेको सुर्यलाइ नियाल्दै 
त्यो आउने रातको जुनतारा हेर्नलाइ प्रतीक्षा गर्नुपर्दाको अनुभुती 
अनि त्यो सुर्यले भोलि फेरि बिहान ल्याउने त्यो मिर्मिरे उज्यालो सङ्गै पलाउने ति हजारौं सपनालाई यी मनमा केलाउदै
मिठो निदरिमा हराउनुको त्यो आभास तिमी जीवन त्याग्नेलाइ के थाहा ।
त्यो पाउ हिड्दा हिड्दै कतै डगमगाउदा 
आफैले आफैलाइ समाल्दै
जिवनको हरेक एक क्षणमा
आफुलाइ एक रित्तो भाडा हुदा
जस्ले सदैब भरिनुको निम्ति सङ्घर्ष गर्नु पर्छ भन्दै मनमा अनेकौं भावना केलाउदै
जस्तो सुकै परिस्थितिमा नि
आफुलाइ कहिले पोखिन दिदैन भन्दै आफैले आफैलाइ बाचा गर्दै एक सन्तोषको अनुभव गर्नुको रोचक त्यो क्षण 
तिमी जीवन त्याग्नेलाइ के थाहा ।

सबैले लाचार भन्दै घृणा  गर्दैगर्दा 
आफुलाइ अब्बल प्रमाणित गरेर देखाइ 
ती लाचार भन्ने हरुलाई सफलताको शिखर चुमेर 
त्यही सफलताले उनिहरुलाइ त्यो समयले एक सिख सङ्गै दरिलो झापड दिनुको अनुभुति तिमि जीवन त्याग्नेलाइ के थाहा ।

किन सहजै अरुको बातमा आउछौ तिमी 
अनि किन त्यो जीवन त्याग्न पुग्छौ
ती तिम्रा नयनबाट खसेका हरेक गोललाइ संगाल्दै 
त्यसैलाई आफ्नो जिवनको अभिन्न क्षण बनाइ
त्यसैलाइ सफलताको सुरुवाती रुप मानी 
त्यसै गोलको मूल्य बुझी 
ती लाचार साबित गर्नेहरुलाइ 
आफू त्यो एकलोपन सङ्ग लडेर 
अनेकौं बाधाहरु पार गरेर त्यो सगरमाथाको शिर झै उच्च भएर आफ्ना ती सारा सपना साकार गरेर देखाउनुको सन्तुष्टि 
त्यो मुल्यवान उपहार जीवन त्याग्ने तिमिलाई के थाहा ।।

रचना : कृष्टी जोशी 
धनगढी,कैलाली।