निजी विद्यालयहरुको मनपरी, अनेकौँ वाहानामा शुल्क अशुल्दै

निजी विद्यालयहरुको मनपरी, अनेकौँ वाहानामा शुल्क अशुल्दै

धनगढी : लकडाउनका कारण लामो समय देखी विद्यालयहरु बन्द छन तर कैलाली जिल्लामा रहेका कतिपय निजी विद्यालयका विद्यार्थीहरु भने पठनपाठन नभएको समयमा पनि शुल्क तिर्न बाध्य भएका छन ।अविभावकहरुलाई निजी विद्यालयहरुबाट कहिले फोन आउँछ भने  कहिले त पत्र नै लेखेर घरैसम्म पुग्ने गरेको गुनासो बढेको छ । निजी विद्यालयहरुले बन्दको समयमा पनि विभिन्न वाहानामा मनपरी शुल्क लिने गरेका छन ।

निजी विद्यालयहरुले अविभावकहरुलाई शुल्क तिर्न बाध्य पारिएको पनि आरोप लाग्ने गरेको छ । विद्यालयहरु श्ुल्क तिर्न दबाब दिन्छन तर अभिभावकहरु न त त्यसको विरोध गर्छन न त शुल्क तिर्न नै छाडिदिन्छन । अभिभावकहरुले खुलेर भन्न हिचकिचाउने गरेको अनेरास्ववियुका कैलाली जिल्ला सहसंयोजक समीर जोसीले बताए । उनले यस समस्याको निराकरण गर्नका लागि आफ्नो संगठन नै लागि परेको जानकारी दिए । 
 
निजी विद्यालयहरुले अनलाईन कक्षा, भर्ना शुल्क जस्ता शिर्षकमा शुल्क उठाउँदै आएका छन । यस्ता जनगुनासा बढ्न थालेपछि विभिन्न सामाजिक अभियान्ताहरुले यसको विरोध समेत जनाएका छन । निजी विद्यालयहरुको दादागीरी र मनोमानी रोक्नुपर्ने भन्दै सामाजिक अभियान्ताहरुले केहीदिन अघिमात्रै सुदुरपश्चिमका ९ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईहरुमा ज्ञापन पत्र बुझाएको थिए ।

मुक्तिका लागि साझा अभियानका सहसंयोजक  प्रेमराज बि.सीले विद्ययार्थीहरुको गुनासोका आधारमा आगामी दिनमा थप दबाब मुलक कार्यक्रम गरिने चेतावनी दिए ।  

हालसम्म कैलाली जिल्लामा रहेका निजी विद्यालयहरुले कसैले पनि मानोमानी रुपमा शुल्क नलिएको एनप्याबसुनका जिल्ला उपाअध्यक्ष राजेन्द« चपागाँईले बताए । विद्यालयको बन्द रहेका वेला शुल्क लिनु उचित नभएपनि अब भने बाध्य भएर शुल्क लिनुपर्ने अवस्था आएको उनको भनाई छ । सरकारले पनि निजी विद्यालयहरुको समस्यालाई मध्यनजर गरी सहज वातावरण सिर्जना गर्नुपर्ने उनले आग्रह गरे । 

विद्यार्थीहरुले पठन पाठन नभएको समयको शुल्क तिर्नुपरेको बिषयमा जिम्मेवार निकायहरु जानकार हुदाँहुदै पनि यस समस्या समाधान लागि कुनै प्रयास नगरेको पाईएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर बिष्टले हाल सम्म यस्तो गुनासो नआएको यस्तो कार्य गरेको भेटिए कारबाही गर्ने चेतावनी दिएका छन ।

उनले विद्यालय र अभिभावकको सहमती भएमा शुल्क लिन र सेवा नपाएका विद्यार्थीका अभिभावकहरुलाई तिर्न बाध्य पारिएको खण्डमा भने तत्काल कारबाही गरिने जानकारी दिए ।  
 
लकडाउनका कारण लामो समयदेखी बन्द भएको शैक्षिक सत्र अझैपनि सुरु हुन नसक्दा विद्यर्थाीहरुमा मानसिक तनाव सिर्जना हुन थालेको छ । विगतका बर्षहरुमा यसवेला विद्यार्थीहरुको आन्तिरीक मुल्याङकन समेत हुने गरेकोमा यस बर्ष भने पठनपाठन नै ठप्प भएपछि विद्यार्थीहरु समस्यामा परेका छन ।

पठनपाठन ठप्प हुनु त सामान्य कुरो, निजी अधिकांस निजी विद्यालयहरुले पठनपाठन नभएको समयको पनि शुल्क उठाउन थालेपछि अभिभावक र विद्यार्थीहरु थप समस्यामा परेका छन । नियमन गर्ने निकायहरुले भने कुनै चासो नदेखाएको अभिभावकहरुको गुनासो छ ।