कंचनपुरमा अलपत्र अवस्थामा रहेकी ७५ वर्षीय वृद्धाको उद्धार

कंचनपुरमा अलपत्र अवस्थामा  रहेकी ७५ वर्षीय वृद्धाको उद्धार

असार २५,कंचनपुर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ बाट ७५ वर्षीय  एक वृद्धाको उद्धार गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकामा रहेको देबिदल गण अर्जुनी ब्यारेकको आसपासको जङ्गलमा अलपत्र परेकी वृद्धाको उद्धार गरिएको 
नागरिक सुशासन समाज झलारी र भ्रष्टाचार तथा सामाजिक हिंसा विरुद्धका कान्छा अभियान्ता डम्मर राज भट्टले बताए । उनकै सकृयतामा  वृद्धाको उद्धार गरिएको हो ।
सडक छेउको जंगलमा अलपत्र परेकि  वृद्धाको  सामाजिक अभियान्ता भट्टले  उद्धार गरि  महाकाली अस्पताल पुर्याएका थिए। "उहाँको स्वास्थ्यमा समस्या रहेको कारण स्वास्थ्य चेकजाँच पश्चात इमर्जेन्सी वार्डमा भर्ना गरिएको छ"  सामाजिक अभियान्ता’ डम्मर राज भट्टले भने ।उनका अनुसार वृद्धाको पहिचान खुल्न नसकेको र उपचार पछि उनलाई वृद्धाश्रममा राखिने समेत भट्टले बताए ।