डडेल्धुरा बस दुर्घटनाका घाईतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

डडेल्धुरा बस दुर्घटनाका घाईतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

धनगढी : डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घटनाका घाईते सम्पूर्ण उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ । 

घाईतेलाई भेटन शुक्रवार विहानै सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले उपचार खर्च सरकारले व्यहोर्ने बताउदै उपचारमा कुनै कमी नगर्न पनि चिकित्सकलाई निर्देशन दिएका छन । 

मुख्यमन्त्री भट्टसगै घाईतेलाई भेटन सामाजिक विकाश मन्त्री कृष्णराज सुवेदी र भौतिक पूर्वाधार विकाश मन्त्री पठान सिह बोहरा पनि पुगेका थिए ।