गण्डकी प्रदेशका थप १५ जनामा कोरोना भाइरसको संक्रमण

गण्डकी प्रदेशका थप १५ जनामा कोरोना भाइरसको संक्रमण

गण्डकी प्रदेशका थप १५ जना कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट विभिन्न ७ जिल्लाका थप  १५ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई/दुईजना, नवलपुर (बर्दघाट सुस्तापूर्व), स्याङ्जा र गोरखाका एक/एकजनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १९२ पुगेको प्रदेश निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।