कंचनपुरमा जताततै सलहको झुन्ड

कंचनपुरमा जताततै सलहको झुन्ड

साउन ०२,कंचनपुर । कंचनपुरमा पनि सलह भित्रिएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासबाट सलह महेन्द्रनगर भित्रिएको हो । पुनर्वास नगरपालिका  देखिएको सलह शुक्रबार कृष्णपुर नगरपालिका,शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका हुँदै भिमदत्त नगरपालिकामा भित्रीएको छ। भिमदत्त  नगरपालिका सुन्दरपुर, उल्टाखाम लगायत अन्य ठाउँहारुमा सलह प्रवेश गरिसकेको छ । पुनर्वासमा देखिएको सलहको झुण्ड भिमदत्त नगरपालिका पुगिसकेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए । उनले सलहको झुण्डलाई पिछा गरि भगाइरहेको बताए ।भट्टले भने, 'कृषि ज्ञान केन्द्रका प्राविधिकले विषादी समेत छरीरहेका छन र सबै मिलेर किसानसँगै सलह भगाउँदैछौं।'
अहिले सलहको झुण्ड बेदकोट नगरपालिका-९ स्थीत नयाँ गाउँ हुँदै भिमदत्त नगरपालिकामा  प्रवेश गरेको उनले बताए ।सलहले केही स्थानमा रुखका पात खाएको छ। अन्नबालीमा भए हाल सम्म क्षति गरेको छैन । किसानले सलह आकाशमै रहदा थाल ठटाएर र धूँवा निकालेर धपाईरहेका छ्न । सलहको प्रवेसले  किसानहरु चिन्तित बनेका छ्न ।उनिहरुले  लगाएको बाली सलहले नष्ट गर्न सक्ने भन्दै  किसानहरु चिन्तित बनेका हुन । 

सलह नियन्त्रणका लागि स्थानीय तहका कृषि शाखाका सम्पुर्ण  प्राविधिकलाई तयारी अवस्थामा बस्न आग्रह समेत गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख भट्टले बताए ।