सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो ।

सेती अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ११३ नमुनामध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज कोरोना पुष्टि हुने सबै जना कैलालीको धनगढीका रहेका छन । अस्पतालका सुचाना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार एक महिला र ५ जना पुरुषमा कोरोना देखिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ की एक महिला र एक बालक, वडा नम्बर ३ का एक पुरुष र वडा नम्बर १५ का ३ जना पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ६ पुगेको छ।