चालु आवको मौद्रिक नीति सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्था

चालु आवको मौद्रिक नीति सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७७÷७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले आज  भर्चुअल माध्यमबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् । 

बिशेषगरि कोरोनाबाट प्रभावित क्षेत्रहरुलाई लक्षित गरेर चालु आवको मौद्रिक नीति ल्याएको छ । साथै, बैंक तथा वित्तिय संस्थाहरुको स्थायित्वको लागि पनि मौद्रिक नीतिले सम्बोधन गरेको देखिन्छ । 

बाणिज्य बैंकहरूले २०८० असारमसान्तसम्म आफ्नो  कुल कर्जाको २० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवाको रुपमा विस्तार गरिने राष्ट्र बैंकको भनाइ छ । यस्तै, कृषि ऋणपत्रको पििन व्यवस्था गरिने राष्ट्र बैंककले बताएको छ ।

यसैगरि बाणिज्य बैंकहरुले २०८१ भित्र उर्जा क्षेत्रमा आफ्नो कुल कर्जाको १० प्रतिशत लगानी उर्जा क्षेत्रमा गर्नुपर्ने भएको छ । साथै, बाणिज्य बैंकहरुले उर्जा ऋणपत्र निकाल्न सक्ने व्यवस्था पनि गरिने राष्ट्र बैंकको भनाइ छ । 

यस्तै, कोरोना कारण प्रभावित क्षेत्रमा दिइने पुर्नकर्जाको सिमा  ५ गुणाले बढाउने बताइको छ । कोरोनाबाट प्रभावित उद्योग तथा क्षेत्रहरुलाई गत चैत मसान्तसम्मको चालु पुँजीको २० प्रशितको मात्रामा थप कर्जा दिइने व्यवस्था पनि गरिने राष्ट्र बैंकको भनाइ छ । त्यस्ता क्षेत्रको पुर्नउत्थानको लागि यस्तो व्यवस्था गरिने गभर्नर महाप्रसार अधिकरीले बताए । 

यस्तै, राष्ट्र बैंककले नेपाल राष्ट्र बैंकले लकडाउन अवधीमा भुक्तानी गर्नुपर्ने कर्जाको सावा र व्याज रकम बुझाउने म्याद थप गर्ने भएको छ । साथै, त्यस्ता कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्ने व्यवस्था पनि गरिने बताइउको छ ।