सुदूरपश्चिममा कार्यक्रम ''तर्क बहस'' हुने

सुदूरपश्चिममा कार्यक्रम ''तर्क बहस'' हुने

धनगढी : सुदूरपश्चिम प्रदेशमा कार्यक्रम तर्क बहस हुने भएको छ । युवाहरुको व्यक्तित्व बिकासमा टेवा पुर्‍याउने उद्धेश्यले युवा मञ्च सुदुरपश्चिमको आयोजनामा तर्क बहस हुने भएको हो । सुदूरपश्चिमका युवाहरुको आवाज भन्ने नारा सहित यो कार्यक्रम हुन लागेको हो ।

युवाहरुका समसामयिक मुद्दाहरूमा युवाहरु मार्फत नै छलफल, बहस गर्ने, गराउने उद्देश्यले, देशमा भइरहेका विभिन्न घटनाक्रममा युवाहरुको प्रस्ट दृष्टिकोण सार्वजनिक गर्न, युवाहरुको नेतृत्व क्षमता र पब्लिक स्पिकिङ सुधारमा सहयोगी बन्न, युवाहरुलाई अध्ययनशील र चिन्तनशील बन्न प्रेरित गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

४० प्रतिशत भन्दा बढी जनसंख्या युवाहरुले (४० वर्ष मुनिका) ओगटेको देश नेपालमा नीति निर्माण तह लगायत सबै माथिल्लो तहमा गैर-युवाहरुको दबदबा छ। अर्थात् युवाहरुले पाउनुपर्ने जति अवसर पाएका छैनन्। अर्कातिर युवाहरुले अवसर पाएका केही क्षेत्रमा रचनात्मक प्रदर्शन गरिरहेकै छन्।

युवाहरुका जल्दाबल्दा मुद्दाहरूमा भइरहेका कतिपय बहसहरुमा समेत पूर्ण रूपले युवाहरुलाई सहभागी नगराइनु विडम्बनापूर्ण नजिर भएको उल्लेख छ । आयोजकले पहिलो कार्यक्रम साप्ताहिक रुपमा युवाहरुको सहभागितामा आगामी श्रावण १० गते हुने जानकारी दिएको छ ।

लकडाउन अवधिभर यो कार्यक्रम भर्चुअल माध्यमबाट हुने र लकडाउन खुलेपछि निश्चित स्थानबाट कार्यक्रम हुने बताईएको छ ।