धनगढी उपमहानगरपालिकाको "कवाड टेन्डर" विवादमा, बोलपत्र बमोजिम नगरेको भन्दै टेन्डर रद्द हुनुपर्ने माग

धनगढी उपमहानगरपालिकाको "कवाड टेन्डर" विवादमा, बोलपत्र बमोजिम नगरेको भन्दै  टेन्डर रद्द हुनुपर्ने माग

धनगढी । धनगढी उपमहानगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ का लागि आवह्वान गरेको कवाड टेन्डरमा विवाद देखिएको छ ।                उपमहानगरपालिका कै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा टेन्डर गरिएको भन्दै केहि निर्माण व्यवसायीले शुक्रबार निर्माण व्यवसायी संघ, कैलालीमा आवश्यक सम्वनयका लागि निवेदन दिए संगै विवाद छताछुल्ल भएको हो ।    टेन्डरमा चलखेल भएको भन्दै भुमिराज विल्डर्स, विश्वास कन्स्ट्रक्सन र भागेश्वरी कन्स्ट्रक्सनले निर्माण व्यवसायी संघमा उजुरी दिएका हुन ।                          धनगढी उपमहानगरपालिकाले बिहिवार मध्याह्न १२ बजे सम्म टेन्डर बिड गर्ने समय राखेको भए पनि १२ बजे पछि मिलेमतोमा टेन्डर दर्ता गरेको खुलेको छ ।              त्यति मात्र होइन टेन्डर  बिहिवार दिउँसो २  खोलिने सार्वजनिक सुचना जारी गरिएको भए पनि यो शुक्रबार साझ यो समाचार तयार गर्दा सम्म टेन्डर प्रक्रियामा कुनै पनि  कार्वाही अगाडि बढाइएको छैन । पटकपटक छलफल गरिएको भए पनि कुनै पनि निर्णय गर्न नसकेको नगरपालिका स्रोतले जनाएको छ । भ्याट बाहेक न्युनतम ८१ लाख कायम गरिएको उक्त टेन्डरमा शुरु देखि नै प्रक्रिया गतल भएको भन्दै मिलेमतोको गरिन सक्ने भन्दै निर्माण व्यवासायीहरुले शुक्रबार संघमा निवेदन दिएका छन ।                                धनगढीमा रहेको राम जानकि सप्लायर्स लाई समय सिमा पछि पनि टेन्डर दर्ता गर्न दिएको भन्दै उनीहरुकोले बिरोध गर्दै आएका छन । साथै तोकिएको समयसीमा गुज्रिएको २ दिन बितिसक्दा समेत टेन्डर प्रक्रियाको नतिजा सार्वजनिक नगरेको भन्दै उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सहितको मिलेमतोमा आर्थिक सहित टेन्डरमा चलखेल हुन थालिएको स्रोतको दाबी छ। यस बारे बुझ्न खोज्दा नगरपालिकाका अधिकारी संग सम्पर्क हुन सकेन ।