जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउंपालिका २ सुनटाडीमा स्करपिओको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी ४ का ४८ वर्षीय रेशम गुरुड। रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

दुम्किबासबाट भित्री सडक हुदै सुनटाडी तर्फ जादै गरेको ना ३५ प ३७७३ नम्वरको मोटरसाईकलाई सोही दिशामा जादै गरेको बा १६ च ५०६७ नम्वरको स्करपिओ जिपले ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट मोटरसाईकल चालक गुरुड। र संगै सवार विनयी त्रिवेणी ५ वस्ने २२ वर्षीय उर्मिला गाहा गंभिर घाईते भएका थिए ।
घाईते गाहा र चालक गुरुड।लाई उपचारर्थ मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा विहिबार बेलुका सवा ८ बजे उपचारको क्रममा गुरुड।को मृत्यु भएको थियो ।

मोटरसाईकलमा सवार युवती गाहाको अवस्था गंभिर रहेकोले थप उपचारका लागि नया मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने स्करपिओ र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिप्रका पूर्वी नवलपरासीका प्रनाउ मोहन बहादुर खांणले बताउनु भयो ।