कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत  मजदुरको करेन्ट लागेर मृत्यु

धनगढी : कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ बस्ने १७ बर्षीय रविन्द्र बमको करेन्ट लागेर मृतयु भएको हो।

‘शुक्रवार साँझ ५ बजे रड काट्ने मेसिन साइड लगाउने क्रममा करेन्ट लागेर बम घाईते भएका थिए,’जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने, ‘उपचारका क्रममा धनगढीस्थित नोभा अस्पतालमा उनको मृत्यु भएको छ।’