१२ वर्षीय आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

१२ वर्षीय आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

आफ्नै नाबालिका छोरीलाइ एक महिना यताबाट पटक – पटक करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको साविक गरामनी गाविस हाल विर्तामोड नगरपालिका ८ मा डेरा गरी वस्ने अन्दाजी ३५ वर्षिय बावुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटना विवरण अनुसार आरोपितले पटक – पटक नबालिका छोरीलाइ करणी गरेको स्थानीयले चाल पाएका थिए । पछिल्लो पटक विहीबार राती साढे ९ बजे घरमा कोही नभएको मौका पारी करणी गरेको स्थानीयले पुनःजानकारी पाएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

खबरपश्चात इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा गएको टोलीले आरोपितलाइ तत्काल नियन्त्रणमा लिइएकोे जिल्लाका डिएसपी राकेश थापाले बताउँनुभयो । १२ वर्षिया नाबालिका छोरीलाइ करणी गरेको आरोपमा बावुलाइ नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

घट्नापछि मानव अधिकारका लागि महिला एकल महिला झापाले शुक्रबार मुद्दा दर्ता गराएको समूहकी अध्यक्ष रेखा अधिकारीले बताउँनुभयो । आमा पहिले नै घर छाडेर हिडेकी र पीडितको ६ वर्षिया वैनी मात्र रहेकोले कोही नभएपछि समूहको तर्फबाट मुद्दा दर्ता गराइएको उहाँले जानकारी दिनुभयो । पीडित बालिकालाइ एकल महिलाद्धरा सञ्चालित छहारी घरमा राखिएको उहाँले बताउँनुभयो ।