एकैदिन विश्वभर थप दुई लाख ३७ हजारमा कोरोना संक्रमण, ५ हजार ४६८ को मृत्यु

एकैदिन विश्वभर थप दुई लाख ३७ हजारमा कोरोना संक्रमण, ५ हजार ४६८ को मृत्यु

विश्वमा पछिल्लो चौबिस घण्टा (शुक्रबार) मा दुई लाख ३६ हजार ९९५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा पाँच हजार ४६८ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार शुक्रबार अमेरिकामा सबैभन्दा बढी ७१ हजार ५८० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ८५९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ३३ हजार ९५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार ११० जनाको मृत्यु भएको तथ्यांक छ।

भारतमा शुक्रबार ३४ हजार ८२० कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ६७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रूसमा शुक्रबार ६ हजार ४०६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १८६ जनाको मृत्यु भएको छ। 

यस्तै, शुक्रबार दक्षिण अफ्रिकामा १३ हजार ३७३, मेक्सिकोमा ६ हजार ४०६, पेरूमा तीन हजार ९५१, चिलीमा दुई हजार ८४१, साउदी अरेबियामा दुई हजार ६१३, पाकिस्तानमा दुई हजार ८५, इरानमा दुई हजार ३७९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।