कञ्चनपुरमा मास्क प्रयोग नगर्ने ३५ जना कारर्वाहीमा परे, एकैदिन ३५ सय राजश्व संकलन

कञ्चनपुरमा मास्क प्रयोग नगर्ने ३५ जना कारर्वाहीमा परे, एकैदिन ३५ सय  राजश्व संकलन

कञ्चनपुर : कञ्चनपुरमा मास्क प्रयोग नगरि सवारी साधन चलाउने ३५ जना कार्वाहीमा परेका छन । कञ्चनपुर प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्दै एकैदिन तीन हजार पाँच सय राजश्व समेत संकलन गरेको हो ।

शुक्रवार दिउसो ३ बजेदेखि ७ बजेसम्म चेकजाँच गर्ने क्रममा मास्क नलगाएर आवतजावत गर्ने ३५ जनालाई कारवाही गर्दै तीन हजार पाँच सय राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मास्क नलगाएर आवतजावत गर्नेलाई एक सय रुपैँया जरिवाना गरिएको हो। यस्तै शुक्रवार एक सय ५२ जनालाई मास्क वितरण गरिएको कार्यालयले जनाएको छ।