बाजुरामा वडाध्यक्षका छोरोले कुट्दा दुई प्रहरी घाइते

बाजुरामा वडाध्यक्षका छोरोले कुट्दा दुई प्रहरी घाइते

बाजुरा : बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर ७ का अध्यक्षका छोरासहितको समुहले प्रहरीमाथी ढुगांमुढा प्रहार गरेको छ। वडा नम्वर ७ का अध्यक्ष भुवन केसीका छोरा र उनको समूहले प्रहरीमाथी ढुगांमुढा प्रहार गर्दा प्रहरी चौकी इन्चार्जसहित एक जना जवान घाइते भएका छन् ।

बुढीगंगा नगरपालिका ८ को बेतालमाण्डौ बजारमा होटेल संचालन गर्दै आएका ब्यापारी पारस रावतलाई स्थानिय युवाहरुले कुटपीट गरेको उजुरी पछि सुरक्षामा खटिएका प्रहरी माथि ढुंगामुढा प्रहार गरिएको जनाइएको छ ।

घाईते प्रहरीको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहको छ ।