माछा मार्ने क्रममा नालामा डुबेर एक जना बालिकाको मृत्यु

माछा मार्ने क्रममा नालामा डुबेर एक जना बालिकाको मृत्यु

कैलालीमा माछा मार्ने क्रममा नालामा डुबेर एक जना बालिकाको मृत्यु भएको हो । 

घोडाघोडी नगरपालिका ६ बसन्ताका माधब चौधरीकी १२ वर्षिया छोरी मनाजी चौधरीको नालामा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिष शरण भट्टले जानकारी दिनुभयो । शनिबार बिहान ५ बजे माछा मार्न गएकी उनि ७ बजे मात्र फेला परेकी थिईन् । बिहान साथीहरु सगँ उनि नालामा माछा मार्न गएकी थिईन् ।