नौगाडमा पहिरो जादा एक जनाको मृत्यु, एक बेपत्ता

नौगाडमा पहिरो जादा एक जनाको मृत्यु, एक बेपत्ता

दार्चुला : आइतवारको अविरल बर्षाका कारण नौगाडमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ६ परिगाउँका हर्जित सिंह ठगुन्नाकी ४२ वर्षीय श्रीमती मानमति ठगुन्नाको रहेकोे प्रहरीले जनाएको छ ।
यस्तै सोही ठाउँका मानसिंह ठगुन्नाको घर बगाउदा उनकी ६ वर्षीय छोरी आरती ठगुन्ना बेपत्ता रहेकी छन् । बेपत्ता बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै पहिरोले परिगाउँका चार घर तथा समैजी आधारभुत विद्यालयको भवन बगाएको छ । घटना स्थलमा अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँदको प्रहरी टोली खटिएको छ ।