अछामको कमलबजार नगरपालिका - ६ मा पहिरोको उच्च जोखिम, जनप्रतिनीधीको लापरवाही बढ्दो

अछामको कमलबजार नगरपालिका - ६ मा पहिरोको उच्च जोखिम, जनप्रतिनीधीको लापरवाही बढ्दो

अछाम : अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथ वडारखेतमा पहिरो गएको ४ दिन बितिसक्दा पनि कमलबजार नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राम बहादुर शाहीको ध्यानाकर्षण भएको छैन । स्थानीय मिन ढोलि आफ्नो घर उच्च जोखिममा रहेको भन्दै  घर छोडेर अरु को घरमा बस्न बाध्य भएका छन ।

पिडितहरुको राहात र उद्धारका लागि आग्रह गर्दा युनाईटेड ग्रुप धनगढीका अध्यक्ष मोहन खड्कालाई वडाअध्यष शाहीले घर भत्केको छैन, मान्छे मरेको छैन भन्दै गैर जिम्मेवार जवाफ दिएका छन । 

त्यहाँका स्थानिय लगाएत विभिन्न सामाजिक अभियान्ताहरुले समेत सोधपुछ र राहातको व्यवस्था गर्न आग्रह गर्दा शाहीले कुनै चासो नदेखाएको आरोप लागेको छ । कतिपयले वडा अध्यक्ष व्यक्तिगत स्वार्थमा केन्दि«त भएको बताएका छन ।