आईतबार राती परेको बर्षाले धनगढी जलमग्न

आईतबार राती परेको बर्षाले धनगढी जलमग्न

धनगढी : सुदूरपश्चिममा परेको बर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । आईतबार राती परेको बर्षाले तराईका दुई जिल्ला जलमग्न भएका छन । कैलाली र कञ्चनपुरमा रहेका मुख्य चोक र सडक समेत बर्षाले जलमग्न हुदाँ सवारी साधन सहित मानिसहरुलाई हिडडुल गर्न समस्या भएको छ ।

कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका विभिन्न बस्तिहरु डुवानमा परेका हुन । नगरभित्रका क्याम्पस चोक, शिवनगर लगायतका बस्तिहरु जलमग्न हुदाँ आवतजातमा समस्या भएको स्थानीयले गुनासो गरेका छन ।

खोलानालामा बढ्दो अतिक्रमण हुदाँ सथनीयहरु डुवानको समस्या भोग्दै आएका छन । भने धनगढीका मुख्य सडकमा परेका खाल्डाखुल्डीमा पानी जम्मा हुदाँ सवारी साधन चलाउन सास्ती भोग्नु परेको छ ।

नगरभित्र ढल निकासको व्यवस्था नहुदाँ बर्षौ देखि नगरभित्रका नागरिकहरुले डुवानको समस्या भोग्दै आएका धनगढीका स्थानीय भरत धानुकले बताए । खोलानाला अतिक्रमण हुनु र ढल निकासको उचित व्यवस्था नहुनु यसको प्रमुख कारण रहेको उनले बताए ।