भारतमा पछिल्लो २४ घण्टामा ४० हजार बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा  ४० हजार बढी  व्यक्तिमा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ४ सय २५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । 

 यसका साथै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ, भने २४ घण्टामा  ६ सय ८१ को मृत्यु भएको छ ।

 भारतमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या २७ हजार ४ सय ९७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका ७ लाख ८७ संक्रमित निको भइसकेका छन् ।