एक सय ५२ किलो सलह जम्मा गरी नष्ट गरियो

एक सय ५२ किलो सलह जम्मा गरी नष्ट गरियो

प्युठानमा एक  स्थानियले एकै दिन १५२ केजी सलह जम्मा गरेका छन् ।

प्युठानको नौबहिनी गाउँपालिका १ स्याउलीबाङका  स्थानियले  सलह जम्मा गरी वडा प्रतिनिधिहरुको रोहवरमा सलह नष्ट गरिएको छ । 

उक्त सहल बापत गाउँपालिकाले प्रति केजी ५० रुपैयाँ स्थानियलाई उपलब्ध गराएको छ । वडा कार्यालयको रोहवरमा सलह नष्ट गरिएको वडा सदस्य एलपि शेरचनले बताउनुभयो । 

उत्तरी प्युठानमा अझै पनि सहल कीराको आतंक रहेको छ । कृषकलाई राहत पनि मिल्ने र सलह कीरा नियन्त्रणमा पनि ल्याउन सकिने भएकाले गाउँपालिकाले सलह कीरा संकलन गर्नेलाई प्रतिकेजी ५० रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष शिव रिजालले बताउनुभयो ।