पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु

पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु

 पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि उनीहरु पुरिएका र  अन्य सदस्य सकुशल भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताउनुभयो ।