काठमाडौंमा पहिरोले पुरिएर एक जनाको मृत्यु

काठमाडौंमा पहिरोले पुरिएर एक जनाको मृत्यु

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको छ। 

गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको  हो । उनी शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएको समयमा आएको पहिरोमा परेर आइतबार साँझ गुरुङको मृत्यु भएको हो।  उनीसँगै अरु आठ जना गएका थिए,महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो।