कञ्चनपुरमा सलहको आतङ्क : बालीनाली सखाप गर्न थालेपछि किसान चिन्तीत

कञ्चनपुरमा सलहको आतङ्क : बालीनाली सखाप गर्न थालेपछि किसान चिन्तीत

कञ्चनपुर : सलह किराले पुनर्वासमा पनि आतङ्क मच्चाएको छ । आइतबार साँझदेखि कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका १० र ११ मा प्रवेश गरेको सलहले आज सोमवार यहाँका किसानले रोपेको धान र मकैमा ठुलो क्षति गरेको छ ।

सलहको झुन्ड नै प्रवेश गरेपछि यस क्षेत्रका किसानहरू ठुलो मारमा परेका छन् । आज पनि बिहानै देखि खेतबारीमा सलह बसेपछि यस क्षेत्रका किसान बारीमै बस्न बाध्य भएका छन् ।

पुनर्वास नगरपालिका वडा नम्बर ११ का स्थानीय मान सि तामाङले बिहानै देखि बारीमा सलह प्रवेश गरे पछि आफू बिहानैदेखि बारीमै बसेको र आफूले लगाएको मकै पुरै नोक्सान गरेको उनले बताए ।

गाउँमै सलह पसेपछि वर्षभरिको लागी खानको लागी रोपेको धान सखाप गर्न सक्ने भन्दै उनीहरू अहिले बारीमै पसेर होहल्ला र थाल बजाएर सलह भगाउने प्रयास गरिरहेका छन् । यस अघि पनि सलहको झुन्ड देखिएको थियो ।