सुदूरपश्चिममा कोरोना संक्रमण घट्दै, आज एकजनामा मात्रै संक्रमण पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण घट्दै, आज एकजनामा मात्रै संक्रमण पुष्टि

सुदूरपश्चिममा आज थप एकजनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती अस्पातलको प्रयोगशालामा गरिएको परिक्षणमा एक महिलामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १९७ नमुनामध्ये एक जनामा मात्रै कोरोना पोजेटिभ देखिएको हो ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ की १५ बर्षिय किशोरीमा संक्रमण पुष्टि भएको अस्पातलका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो केही दिनदेखि यो प्रदेशमा कोरोनाको संक्रमण दर घट्दै गएको छ ।