जलश्रोत तथा सिँचाइका सव-इन्जिनियर घुससहित पक्राउ

जलश्रोत तथा सिँचाइका सव-इन्जिनियर घुससहित पक्राउ

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाराका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल घुससहित पक्राउ परेका छन् ।

सव-इन्जिनियर जैसवालले घुस मागेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । नदी तटबन्धको लागि जाली लगाउने कार्यको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार घुस लिई सकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।