सेती–महाकाली ब्यूरोद्धारा भोली सुदूरपश्चिम बन्दको घोषणा

सेती–महाकाली ब्यूरोद्धारा भोली सुदूरपश्चिम बन्दको घोषणा

धनगढी : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले भोली ६ गते सुदूरपश्चिम बन्दको आह्वान गरेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै महाकाली ब्यूरोले भोली ६ गते सुदूरपश्चिम बन्दको घोषण गरेको हो ।

रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै ब्यूरोले सार्वजनिक गरेको संघर्ष कार्यक्रम अन्तरगत भोली बन्दको आह्वान गरिएको हो ।

विप्लव समूहले साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते मशाल जुलुस गर्ने, ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने बिहिबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत जनाएको थियो ।

गत बुधबार धनगढीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई प्रहरीले पक्राउ गरेको थियो ।