सुदूरपश्चिममा आज थपिए ४१ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४ हजार ९५ पुग्यो

सुदूरपश्चिममा आज थपिए ४१ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४ हजार ९५ पुग्यो

धनगढी : सुदूरपश्चिममा  आज ४१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज डडेल्धुरा र धनगढीमा भएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरामा भएको परीक्षणमा डोटीका ४० जनामा संक्रमण पुष्टि भएको बताए। डोटीको शिखर नगरपालिकाका क्वारेन्टाईनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिममा आज थप एकजनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती अस्पातलको प्रयोगशालामा गरिएको परिक्षणमा एक महिलामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १९७ नमुनामध्ये एक जनामा मात्रै कोरोना पोजेटिभ देखिएको हो ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ की १५ बर्षिय किशोरीमा संक्रमण पुष्टि भएको अस्पातलका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । योसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या चार हजार ९५ पुगेको छ ।