सबैभन्दा धेरै सक्रिय संक्रमित सुदूरपश्चिममा, कुन प्रदेशमा कति ? (विवरणसहित)

सबैभन्दा धेरै सक्रिय संक्रमित सुदूरपश्चिममा, कुन प्रदेशमा कति ? (विवरणसहित)

हाल नेपालमा ५ हजार ९ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा नेपालमा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना रहेका छन् । हाल सक्रिय संक्रमित रहेकोमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना संक्रमित रहेका छन् । त्यस्तै सबैभन्दा कम प्रदेश नं १ मा रहेका छन् जहाँ ९३ जना रहेका छन् ।

कुन प्रदेशमा कति सक्रिय संक्रमित ?

प्रदेश नं १ मा ९३ जना

प्रदेश नं २ मा १ हजार ९ सय ३३ जना

बाग्मती प्रदेशमा ३ सय ९९ जना

गण्डकी प्रदेशमा ३ सय ८४ जना

प्रदेश नं ५ मा ४ सय १० जना

कर्णाली प्रदेश नं २ सय ९९ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना

नेपालमा बितेको २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भइ १ सय ७३ जना घर फर्किएका छन् । भने आज सम्म ११ हजार ८ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । जुन कुल संक्रमितको ६६ दशमलव ५१ प्रतिशत हो ।