गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनालाई एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तान छन्। विकाश निर्माणको कामको भुक्तानी गर्ने क्रममा उनिहरुले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।