विप्लव समुहका कैलाली जनसरकार प्रमुखद्धारा पार्टी परीत्याग

विप्लव समुहका कैलाली जनसरकार प्रमुखद्धारा पार्टी परीत्याग

धनगढी : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युष्टि पार्टीका कैलाली जनसरकार प्रमुख दलबहादुर बिकले पार्टी परित्याग गरेका छन । उनले आज एक बिज्ञप्ति जारी गर्दै पार्टी परीत्याग गरेको घोषणा गरेको हुन ।

बिगत एक बर्षदेखि पार्टीले गर्ने कुनै पनि गतिबिधिमा संलग्न नरहेको बताउँदै उनले विज्ञप्तिमा विप्लव समुहको नेकपा संलग्न भई सामाजिक सदभाव भड्काउने कुनै पनि किसिमका गतिविधिमा नलागी स्वतन्त्र नागरीक भएर जिवनयापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । तर उनी केही दिनअघि सार्वजनीक शान्ती बिरुद्धको कसुरमा पक्राउ परी हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।

आफू बिगत १ बर्षअघि पार्टीको काम छोडेर धनगढी उपमहानगरपालीका वडा नम्बर ९ को सरस्वती मावीको ब्यवस्थापन समीतिको अध्यक्ष बनेको र हाल शैलेश्वरी मन्दीर ब्यवस्थापन समीतिमा पनि सदस्यमा रहेर काम गरीरहेको उनले बताए ।