बझाङको थलारा गाउँपालिकामा तालाबन्दी गर्ने कांग्रेसको चेतावनी

बझाङको थलारा गाउँपालिकामा तालाबन्दी गर्ने कांग्रेसको चेतावनी

बझाङ : नेपाली कांग्रेस बझाङका जनप्रतिनिधिहरुले बझाङको थलारा गाँउपालिकाले आर्थिक वर्ष २०७७र०७८ को बजेट न्यायोचित नभएको भन्दै विरोध गरेका छन् ।

उनीहरुले बजेट वितरण एकतर्फी भएको भन्दै विरोध गरेका हुन् । जनप्रतिनिधिहरुले गाँउसभामा आफूहरुको कुरा सुनुवाइ नभएको भन्दै थलारा गाँउपालिका परिसरमा नारावाजीसमेत गरेका छन् ।

नेपाली कांग्रेस थलारा गाँउपालिकाका संयोजक राम बहादुर खातीले आफ्ना मागहरु सुनुवाई नभए गाउँपालिकामा तालाबन्दी गर्ने चेतावनी दिनुभयो ।