चुरे गाउँपालिकाको वडा नं. ५ मा सडक निर्माणका नाममा अवैध रुख कटान

चुरे गाउँपालिकाको वडा नं. ५ मा सडक निर्माणका नाममा अवैध रुख कटान

धनगढी : कैलालीको चुरे गाउँपालिकामा सडक निर्माणका नाममा व्यापक वन फँडानी भईरहेको छ । गाउँपालिकाको वडा नं. ५ मा केही दिनअघि मात्रै उपभोक्ता समिती मार्फत निर्माण सम्पन्न भएको गोपाले गुँडी जोड्ने कृर्षि सडक खण्डमा प्रक्रिया नै नपुर्याई अवैध ढंगले रुख काटिएका छन ।

 

सर्वे गरिएको भन्दा छुट्टै स्थानबाट सडक निर्माण गर्दै कतिपय व्यक्तिले मनोमानी र दादागीरी शैली देखाएका छन । एकातर्फ सडक निर्माणका नाममा व्यापक वन फँडानी भएको भने अर्का तर्फ मनोमानी रुपमा खनिएको सडक दिगो र टिकाउ नहुने भन्दै स्थानिय चिन्तित बनेका छन । 


 
केही स्थानिय र निर्माण उपभोक्ता समितका सदस्यहरुको मिलेमतोमा अवैध रुपमा रुख काटिएको फेला परेको छ । सडक निर्माण गर्दा प्राविधीकले तयार पारेको ईस्टेमेट अनुसार काम नभएको पनि पाईएको छ । प्राविधीकको स्टेमेट एकातिर छ भने उपभोक्ता समितीले भने आफ्नो मनोमानी ढंगले सकड निर्माण गरेको छ ।

सरकारले चुरे क्षेत्रमा अतिक्रमण र विभिन्न वाहानामा हुने वन फँडानी रोक्ने निती अघि बढाएपनि चुरे गाउँपालिकामा भने न अतिक्रमण रोकियो न त अवैध रुपमा भईरहेको वन फँडानी नै रोक्न सकिएको छ । चुरे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त बोहरालाई किन समयमा निरीक्षण अनुगमन भएन भनेर सोध्दा, उनले स्टेमेट अनुसार काम गर्न निर्देशन दिएको तर पछिल्लो पटक व्यवस्तताका कारण अगुगमन गर्न नपाएको प्रतिक्रिया दिएका छन ।  

भगवती सामुदायिक वनमा भईरहेको अवैध वन फँडानी प्रति वन व्यवस्थापन समिती जानकार नरहेको जनाईएको छ । सामुदायिक वनका अध्यक्ष पवन बोहराले आफुलाई यस बिषयमा कुनै जानकारी नभएको बताए ।

कुनै पनि प्रयोजनका लागि रुख काट्नु परेमा वनसँग अनुमती लिनुपर्ने भएपनि त्यो नभएको पाईएको छ । अध्यक्ष बोहराले आफुलाई कति मात्रामा रुखहरु काटिए भन्ने समेत जानकारी नभएको दावी गरे ।  

चुरेगाउँपालिका वडा नं. ५ गुणीका स्थानिय, गाउँमा सडक पुगेकोमा निकै उत्साहित देखिन्छन भने एकातर्फ हचुवाका भरमा निर्माण भईरहेको सडकले कहाँ र कति विनास निम्त्याउने हो सोच्न बाध्य बनााएको छ । यसै त चुरे गाउँपालिकामा वैज्ञानिक वन व्यवस्थापनका नाममा वन फँडानी भईरहेको छ भने त्यसै माथि जथाभावी रुपमा निर्माण गरिएका सडकले समग्र चुरे क्षेत्र पहिरो र भु–क्षयको उच्च जोखिममा रहेको छ ।

चुरे क्षेत्रमा यसरी वन फँडानी र जथाभावी डोजर प्रयोग गर्न नपाउने बताउँदै डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द« कँडेलले यसबारे आफुलाई कुनै जानकारी नभएकाले सोधपुछ गर्ने जनाएका छन । साथै उनले दोषीमाथि तत्काल कारबाहीको प्रक्रिया अगाढी बढाईने जानकारी दिए ।  

ईलाका वन कार्यालय र डिभिजन वन कार्यालय जानकार हुनु र नियमन गर्नु त परको कुरा सामुदायिक वनका समितीहरु नै यस बिषयमा जानकार नरहेको बताउँछन । ईलाका वन कार्यालय सहजपुरले अवैध रुपमा रुख कटानी नगर्न भन्दै सामुदायिक वनहरुलाई पत्राचार नै गरेको जनाएको छ ।

तर चुरे गाउँपालिकाको वडा नं. ५ मा भने उक्त निर्देशनको पालना भएको छैन । ईलाका वन कार्यालय सहजपुरका प्रमुख चन्द«नारायण शाहले अवैध रुपमा वन फँडानी नगर्न भन्दै पत्राचार गरेको बताए । 

 

चुरे गाउँपालिकामा निरन्तर लामो समयदेखी विभिन्न वाहानामा अवैध ढंगले रुख कटानी भईरहेको छ । वन फँडानीको बिषयमा स्थानिय सरकार जानकार हुँदा हुँदै पनि तै चुप र मै चुप भएका छन । यस बिषयमा हामीले गाउँपालिकाको ध्यानाकर्षण गराउन खोज्दा पटक पटक वेवास्ता गर्दै आएको थियो ।

अवैध रुपमा वन फँडानी नभएको दावी गर्ने चुरेगाउँपालिकालाई वडा नं. ५ को घट्नाले प्रष्टै पारेको छ ।