‘कोही सहयोगका लागि अपिल गर्दै, कोही गरगहना बेच्दै उपचार गर्दै’

‘कोही सहयोगका लागि अपिल गर्दै, कोही गरगहना बेच्दै उपचार गर्दै’

धनगढी : डोटीको दिपायल सिलगढी नगरपालिका, ४ की १८ वर्षकी संगीता विक धनगढीको सेती अञ्चल अस्पतालमा उपचार गराईरहेकी छन । 
उनी गत विहिवार साँझ डडेल्धुराको अमरगढी नगरपालिका ११ रडुवा खोलामा भएको बस दुर्घटनामा घाईते भएपछि उपचार गराईरहेकी हुन । 
उनका खुट्टा चर्किएका छन ।

हात भाँचिएका छन । शरिलका अन्य अंगमा पनि चाटै चोट भएका कारण उनी अझै राम्रोसँग बोल्न सक्दैनन । एक पाईला पनि हिडन सक्दैनन । 
गत शुक्रवारदेखि अस्पतालको पहिलो तलाको सर्जिकल वाडको वेड नम्बर २७ मा सुतीरहेकी छन । 

उनसगै उनकी आमा गणेशीदेवी छन । उनी नै शुक्रवारदेखि सगीताको रेखदेख गरिरहेकी छन । 

शुक्रवार सेती अञ्चल अस्पतालमा आएदेखि उनलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्री, प्रदेश सांसद लगायतले भेटेका छन । सवैले उपचारमा सहयोग गर्ने भने । 
तर, अहिलेसम्म कसैले पनि सहयोग भने गरेनन । ‘अहिलेसम्म उपचारमा ६० हजार भन्दा बढी खर्च लागिसकेको छ । आफुसग घरमा पैसा थिए ।’ उनले भनिन्, ‘बुहारीको नाक कानमा भएको गहना बेचेको पैसाले छोरी उपचार गरिरहेकी छु ।’

कहिले छोरीलाई सन्चो हुन्छ । कहिले अस्पतालबाट घर जाने कुनै निश्चित छैन । त्यो भन्दा बढी चिन्ता उनलाई पैसाको छ । 

छोरीको उपचारमा कति लाग्छ खर्च ? कहाँबाट ल्याउने पैसा ? यस प्रश्नमा उनी आफै अनुत्तरित छन । 

‘दुर्घटनाको अर्कोदिन भेटन आएका सवैले उपचारमा सहयोग गर्छौ भनि आश देखाए ।’ उनले गुनासो गरिन्, ‘तर त्यसपछि कोही फर्किएका छैनन।’

डोटीकै दान बहादुर धामीको बास पनि शुक्रवार देखि अञ्चल अस्पतालमै छ । बस दुर्घटनामा परेर श्रीमान गुमाएकी शिवर नगरपालिका, ११ की बहिनी हरिना बोहराको उपचारका लागि उनको बास अस्पतालमै छ । 

श्रीमान योगेन्द्र बोहरा गुमाउदाको पिडा सहन नसकेर छटपटिरहेकी हरिना आफै शरिलमा लागेका चोटले पनि छटपटाईरहेकी छन । 

उनका दाजु भने उपचार खर्चका लागि अपिल गरिरहेका छन । हरिनाको बुधवार हुने अप्रेसनका लागि पैसाको जोहो गर्नमा लागेका छन । 

‘सुरुका दिनमा धेरैले उपचार गर्छौ भनि आश्वासन मात्रै दिए । अहिले कोही सहयोग गर्दैनन् ।’ उनले दुखेसो पाखे, ‘हिजो मात्रै मुख्यमन्त्रीलाई सहयोग माग्न भनि भेटन गएको थिए । समय दिनुभएन ।’

घाईतेका आफन्तले उपचारमा आर्थिक समस्या भएको भन्दै सहयोग गरिदिन सरकार, नेता लगायतलाई आग्रह गरेका छन । गत मंसिर ६ गते भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए । 

घाईतेहरुलाई धनगढीका अपतालमा पुगेर सुुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, लगायत मन्त्रीहरुले उपचार प्रदेश सरकारले गर्ने घोषणा गरेका थिए । 

तर, उपचारमा सहयोग गर्ने आश्वासन आश्वासनमा माात्रै सिमित भएको घाईतेका आफन्तको गुनासो छ ।