धनगढीका मुख्य सडकको दुरावस्था, असार मसान्तमा काम सुरु

धनगढीका मुख्य सडकको दुरावस्था, असार मसान्तमा काम सुरु


धनगढी : धनगढी उपमहानगरपालिकाले असार मसान्तमा सम्पन्न गर्नुपर्ने सडक मर्मत तथा नाली निमार्णको काम असार दोश्रो साताबाट सुरु गरेको छ । कैलाली पुल देखि सेतो पुल सम्म सडक मर्मत तथा नाली निर्माणको जिम्मेवारी पाएको मल्ल निर्माण सेवाले लकडाउनको कारण देखाउँदै ढिलो गरी काम सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय कैलाली आसपासका क्षेत्रमा आवत जावतमा निकै समस्या भएको छ ।

कतिपयले यसलाई बजेट सक्ने दाउ भएको समेत आरोप लागाएका छन । तर नगरपालिकाले भने लकडाउनका कारण समयमा काम सुरु गर्न नसकिएको जनाएको छ । निर्माण कम्पनीले व्यवसायीलाई प्रत्यक्ष असर पर्नेगरी मनपरी ढंगले नाली मात्रै भत्काएको छ । तर नाली भत्काए पछि भने नियमित रुपमा काम नभएको व्यवसायीले गुनासो गरेका छन ।

कहिले लकडाउन त कहिले बर्षाका कारण व्यापार घाटा व्यहोर्न बाध्य भएका व्यवसयीहरुले समयमा नाली निर्माण नहुँदा थप समस्या उत्पन्न भएको बताएका छन । जिल्ला प्रशासन कार्यालय कैलाली नजिकै सुनचाँदी पसल सञ्चालन गर्दै आउनु भएका व्यवसयी बिनय सिजापतिले निर्माण कम्पनीकै लापरवहीका कारण आफुहरुको व्यापार निकै प्रभावित बनेको गुनासो गरे ।  

निर्माण कम्पनीले कहिले लकडाउनको वाहाना बनाउँछ भने कहिले बर्षाको कारण देखाउँदै पटक पटक व्यवसायीहरुलाई ठग्ने गरेका आरोप लागेको छ । जिल्ला हुलाक कार्यालय देखी सेती प्रादेशिक अस्पताल अगाडी सम्म नाली खनिएको छ । तर काम नियमित रुपमा नहुँदा व्यवसायीले सास्ती भोग्नु त छँदै छ सवारी सञ्चालनमा समेत समस्या भएको छ । निर्माण कम्पनीले व्यवसायीहरुलाई झुक्याईरहेको भन्दै स्थानिय आक्रोसित भएका छन ।

जिल्ला प्रशासन कार्यालय कैलाली नजिकै व्यापार गर्देै आउनु भएका अर्का व्यवसायी रोहित सिजापतिले पनि समयमा नाली निर्माण नहुँदा आवत जावतमा समस्या भएको बताए । 

यता धनगढी उप महानगरपालिकाले सडक बोर्ड नेपालको आर्थिक सहयोगमा सञ्चालन भईरहेको उक्त योजना अन्र्तगत धनगढी मेनरोडको कैलाली पुल देखि सेतो पुल सम्म सडक मर्मत तथा नाली निर्माण गर्नुपर्ने जनाएको छ । सडक मर्मत र १२० मिटर नाली निर्माणको लागि धनगढी उप महानगरपालिका र मल्ल निर्माण सेवा बिच २०७६ फागुन २१ गते ९५ लाख ९३ हजार ९३८ रुपैँयामा ठेक्का सम्झौता भएको थियो ।

एक त सम्झैता अविधी भन्दा ढिलो गरी काम सुरु भएको छ भने अर्कातर्फ ठेकेदार कम्पनीले निर्माण कार्यमा निकै सुस्तता देखाएको छ । धनगढी उपमहानगर पालिकाका ईन्जिनियर उपेन्द« भट्टले भने फागुन देखिने काम सुरु गर्ने सम्झौता गरिएको भएपनि लकडाउनका कारण असार दोश्रो साता देखि मात्रै काम सुरु भएको बताए ।  

ईन्जिनियर भट्टले मंसिर सम्म म्याद थप गरिएको पनि बताए । कहिले लकडाउन त कहिले बर्षाको कारण देखाउँदै निर्माण कम्पनी जिम्मेवारीबाट पन्छिदैँ आएको छ । सडकमा थुपारिएका गिट्टी वालुवाको थुप्रोले सवारी दुर्घटनाको जोखिम बढाएको छ । बर्षाका कारण काम रोकिएको बताउँदै आएको निर्माण कम्पनीले बुधबार पानि नपरेको दिनमा समेत काम नगरेको पाईएको  छ ।

यस बिषयमा हामीले निर्माण कम्पनीका सञ्चालक चन्द«शिखर मल्ललाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्क  सम्पर्क विहीन थिए