कञ्चनपुरको बेलौरीमा ११ वर्षीया छोरी बलात्कार गर्ने बुवा पक्राउ

कञ्चनपुरको बेलौरीमा ११ वर्षीया छोरी बलात्कार गर्ने बुवा पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिकाका ४० वर्षीय पुरुषले छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गएराती छोरीलाई करणी गरेको आरोपमा बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए। उनलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।