कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ वन समितिमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । शुक्लाफाँटाको कसरोलबाट वन समितितर्फ आइरहेको म२प ९७२० नम्बरको मोटरसाइकल रूखमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर शुक्लाफाँटा नगरपालिकाका सुरज राना, कैलाश कार्की र गणेश साउँद गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए ।

उनका अनुसार उनिहरूको टाउको र मुखमा चोट लागेको छ । तिनै जनालाई उपचारका लागि धनगढी ल्याइएको छ ।