धनगढी । खेलाडीको बिमाका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले २० हजार सहयोग गरेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीले थालेको खेलाडीहरुको कोरोना बिमा अभियान अन्तर्गत संघका केन्द्रिय अध्यक्ष श्रेष्ठले नगद २० हजार सहयोग गरेको संघका अध्यक्ष प्रकाश चन्दले जानकारी दिनुभयो । श्रेष्ठ ८ औ , ९ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीताका स्वर्ण पदक र १० औ मा रजत पद्क जित्दै अहिले सम्मकै नेपाली कराते इतिहासमा सफल खेलाडी मानिन्छन ।
यस्तै यो अभियानलाई कृष्णपुरनगरपालिका २ घर भएर हाल कामको सिलसिलामा दुबईमा काम गर्दै आइरहेका अन्तर्राष्ट्रिय कराते खेलाडी दिनेश सिंह ऐरीले पनि सहयोग गरेका छन् । उनले नगद सात हजार पाँच सय सहयोग गरेका हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीले १३ औ साफमा पदक बिजेता खेलाडीहरुको र नेपाल खेलकुद पत्रकार मंच कैलालीका सम्पुर्ण सदस्यहरुको निशुल्क कोरोना बिमा गर्ने र जति पनि यस सुदुरपशिम प्रदेशका राष्ट्रिय खेलाडीहरुको कोरोना बिमामा ५० प्रतिशत यस संघले र ५० प्रतिशत खेलाडीहरुले हाल्ने गरि अहिले सम्म १ सय ६१ जना खेलाडीहरुको कोरोना बिमा गरिसकेको र अब फेरि अरु खेलाडीहरुको कोरोना बिमा गर्ने लक्ष्य लिएको अध्यक्ष चन्दले जनाएका छन ।