कैलालीमा आज थप ८ जनामा कोरोना पुष्टि

कैलालीमा आज थप ८ जनामा कोरोना पुष्टि

धनगढी : कैलालीमा आज थप ८ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको पसिरक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो । सेती अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १४९ नमुना मध्ये ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आज संक्रमण पुष्टि भएका एक महिला र सात जना पुरुष रहेका छन । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको जानकी गाउँपालिका वडा नम्बर ३ का एक महिला र एक पुरुष, टिकापुर नगरपालिका वडा नम्बर १ का एक जना, वडा नम्बर ३ का दुई जना र वडा नम्बर ३ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १८५ पुगेको छ ।