कोरोना संक्रमित आमाको शव कांधमा बोक्ने ५ जना छोराको मृत्यु

कोरोना संक्रमित आमाको शव कांधमा बोक्ने ५ जना छोराको मृत्यु

भारतको झारखण्डमा कोरोनाबाट संक्रमित आमाको शव कांधमा बोक्ने ५ जना छोराको मृत्यु भएको छ । झारखण्डको धनबाद शहरमा उक्त घटना भएको हो । ८८ बर्षिय आमाको कोरोनाबाट संक्रमित भई मृत्यु भएको थियो । आमाको शव कांधमा बोकेर ५ छोराको समेतको ज्यान गएको छ । पांचौ छोरालाई राँचीको रिम्स अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । ५ छोराहरुकी आमा गत जुन २७ को दिन नातीको बिहेमा दिल्लीबाट धनबादको कतरासमा पुगेकी थिइन् । त्यहा पुगे पछि उनि अस्वस्थ्य भएकोले कोरोनाको जांच गर्दा कोरोना पुष्टि भएको थियो । अस्पतालमा भर्ना भए पछि उपचार कै क्रममा उनको मृत्यु भएको थियो । आमालाई ५ जना दाजुभाईले बोकेर शवदाह गृहमा पुर्याएका थिए ।

त्यस पछि २ जना छोराहरु संक्रमित भएका थिए । उनीहरुको पनि उपचार कै क्रममा मृत्यु भएको थियो । त्यसको केही दिन पछि २ जना छोरामा पनि संक्रमण देखिन थालेको थियो । उनीहरुको पनि उपचारको क्रममा मृत्यु भएको थियो । अन्त्यमा पांचौ छोराको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उक्त घटना केवल १५ दिन भित्र एउटा परिवार तहस नहस भएको छ । उनीहरुको सबै भन्दा गल्ति दाह संस्कार घर आईसीएमआरले जारी गरेको दिशा निर्देशलाई पालना नगरी सामान्य तरीकाले गर्दा उक्त पीडादायिक घटना हुन् पुगेको छ ।