कंचनपुरमा छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

कंचनपुरमा छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

साउन०९, कंचनपुर ।
कंचनपुरको बेलौरीमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा  एक जना पक्राउ परेका छन । बेलौरी नगरपालिका ५ का  ४० बर्षिय पुरुषलाई बलात्कार आरोपमा गएराती प्रहरीले पक्राउ गरेको हो ।
घटना बारे प्रहरीलाई खबर आएपछि घरबाटै आरोपितलाई पक्राउ गरिएको  ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रण बहादुर चन्दले बताए । छोराछोरीसंगै सुतेका बुवाले  मध्यरातमा छोरीमाथि बलात्कार गरेपछि बालिका कराएकी थिईन । बालिका कराएको सुनेपछि  परिवारकै सदस्यले प्रहरीलाई खबर गरेका जनाइएको छ ।

अधिकारकर्मीहरुले घटनाको निष्पक्ष छानबिन गरेर दोषिमाथी कार्बाहीको माग अघि सारेका छ्न । 

ईप्रका बेलौरीले बालिकाको स्वास्थ्य चेकजाँच भईरहेको र दोषि माथी छानबिन समेत भईरहेको जनाएको छ ।