धनगढी नगरभित्रका केही चोकबाट दैनिक फोहोर उठ्दैन, चोकहरु दुर्गन्धित बन्दै

धनगढी नगरभित्रका केही चोकबाट दैनिक फोहोर उठ्दैन, चोकहरु दुर्गन्धित बन्दै

धनगढी : धनगढी उपमहानगरपालिकाको वडा नं. ५ क्षेत्र पछिल्लो केही समय यता फोहोर र दुर्गन्धि बन्दै गएको छ । वडा नं. ५ को जाई बाटो अन्र्तगत लब्लीचोक नजिकै थुपारिएको फोहोरको थुप्रोले सो क्षेत्र कुरुप देखिन थालेको छ ।

फोहोर संकलनका लागि नगरपालिकाबाट गाडी आएपनि लब्ली चोक नजिकै रहेको फोहोरको थुप्रो तर्फ भने कसैले चासो नदेखाएको स्थानीयले बताएका छन ।

उक्त क्षेत्रमा थुपारिएको फोहोरको थुप्रो हिजो आजको नभई झन्डै १ महिना पहिले देखिको हो । जनप्रतिनीधीहरुले धनगढीलाई हरियाली र सुन्दर सहर बनाउने सपना बोकेपनि फोहोर व्यवस्थापनमा चासो देखाएका छैनन ।

स्थानियहरु आँफैले पनि फोहोर मात्र फाल्ने तर सर–सफाईमा ध्यान नदिँदा लब्ली चोक जस्तै अन्य ठाउँहरुमा पनि यस्तै समस्या देखिएको छ ।