कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार

कैलालीमा एक युवकमाथि  धारिलो हतियार प्रहार

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका –१ का २८ वर्षीय रमेशबहादुर शाहीमाथि अज्ञात समुहले धारिलो हतियार प्रहार गरेको छ। 

 करिब ७-८ जनाको समुहमा आएका आक्रमणकारीहरुले एक्कासी शाहिमाथि हतियार प्रहार गरेर लखेटेको प्रत्यक्षदर्शीले बताएका छन्। धारिलो हतियारबाट शाहीको दुबै काधको दायाँबायाँ गम्भिर चोट लागेको छ भने शरिरका अन्य भागमा समेत चोट लागेको छ।

घाइते शाही आक्रमणकारीको हुलबाट चौराहानजिक रहेको प्रहरी बिटतर्फ भोगेपछि बाच्न सफल भएका थिए। आक्रमणकारी भने अहिले फरार छन ।

अहिले घाइते शाहीको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।