यी ३ जिल्लामा छन् ५०० जना भन्दा बढी उपचाररत कोरोना संक्रमित

यी ३ जिल्लामा छन् ५०० जना भन्दा बढी उपचाररत कोरोना संक्रमित

नेपालमा आज (शुक्रवार) थप १३३ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालका यी ३ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

यी हुन् ५०० भन्दा बढी संक्रमित भएका ३ जिल्ला

त्यस्तै, नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

नेपालमा हिजो (बिहीवार) १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।