वीरगञ्ज महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी

वीरगञ्ज महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी

वीरगन्जमा साउन १० गते अर्थात् भोलि शनिवार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार दिउँसो बसेको बृहत् सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थाले पछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायी सहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

यता शुक्रवार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भई उपचार गराईरहेकी वीरगञ्ज महानगरपालिका वडा नं. ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ ।

मुटु रोगबाट ग्रसित ती बृद्ध महिला निमोनिया भएर अस्पतालमा उपचारका लागि भर्ना भएको चिकित्सक डा।निरज सिंहले जानकारी दिए ।

त्यस्तै मंगलबार कोरोना अस्पताल मैं उपचार गराई रहेका वीरगञ्ज महानगरपालिका वडा नं।६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।

कोरोना संक्रमण पुष्टि भए पछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्त्येष्ठि गरेको थियो । पर्सा जिल्लामा यस अघि बिहीबार राति ३० जनामा कोरोना संक्रमण देखा परेसँगै संक्रमितको संख्या ७७ जना पुगेको छ ।